ad ad

अटो


अल्ट्राभ्वाईलेट अटोमेटिभको विद्युतीय बाईक भारतमा अनावरण

अल्ट्राभ्वाईलेट अटोमेटिभको विद्युतीय बाईक भारतमा अनावरण

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार १३:२०,

अल्ट्राभ्वाईलेट अटोमेटिभले आफ्नो पहिलो उत्पादन अनावरण गरेको छ। अल्ट्राभ्वाईलेटले यफ७७ विद्युतीय बाईक भारतमा अनावरण गरेको हो।

लिथियम आओन ब्याट्रि भएको द अल्ट्राभ्वाईलेट यफ७७ एक पटक फुल चार्ज गर्दा १३० देखी १४० किमी कुद्न सक्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार बाईकको टप स्पिड १४७ किमी प्रतिघण्टा रहेको छ। बाईक ३ वटा भेरियन्टमा उपलब्ध रहेको छ। जसमा लाईटेनिङ, सेडो र लेजर रहेका छन्।

स्टान्डर्ड चार्जरमा चार्ज गर्दा फुल चार्ज गर्दा ५ घण्टा र प्रोटेबल फास्ट चार्जरबाट चार्ज गर्दा ८० प्रतिशत चार्ज हुनको लागि ५० मिनेट र फुल चार्ज गर्न ९० मिनेट लाग्ने कम्पनीले जनाएको छ।

स्टान्डर्ड चार्जरबाट चार्ज गर्नको लागि ५ एम्पीयर पावर चाहिन्छ भने प्रोटेबल फास्ट चार्जरबाट १५ एम्पीयर पावर सकेट लाग्ने बताएको छ। घरमा चार्जिङ पोड राखेर पनि चार्ज गर्न सकिने छ।

भारतीय बजारमा यसको मुल्य ३ लाख रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .