अटो


जोरपाटीमा लक्ष्मी ल्युबको नयाँ डिलर अबि ट्रेडको उद्घाटन

जोरपाटीमा लक्ष्मी ल्युबको नयाँ डिलर अबि ट्रेडको उद्घाटन

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १०:०,

लक्ष्मी ल्युब आयलको नयाँ डिलर अबि ट्रेड लिंकको उद्घाटन भएको छ। लक्ष्मी ल्युब आयल टोटल लुब्रिकेन्टका साथै एस–आयल लुब्रिकेन्ट, ह्याङकुङ टायर, नेक्सन टायर, ट्रयांगल टायर र एमट्रक प्लस ब्याट्रीको समेत नेपालको लागि आधिकारिक वितरक हो। जोरपाटीस्थित अबि ट्रेडको उद्घाटन संघीय सांसद कृष्ण राईले गरेका हुन्।

कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेले सांसद राईसँग नेपालका सबै स्थानमा अटोल्यान्ड निर्माणका लागि सहयोग गर्न आग्रह गरे। सांसद राईले समृद्ध नेपाल निर्माण गर्नका लागि सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताउँदै आगामी दिनमा सवारी साधन मर्मतका लागि आवश्यक पार्ट्स र वर्कसप समेत एकै स्थानमा हुने गरी अटोल्यान्ड निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अबि ट्रेड लिंकका सञ्चालक गोविन्दप्रसाद काफ्लेले गुणस्तरीय सामग्री ग्राहकलाई उपलब्ध गराउने उद्देश्यका साथ लक्ष्मी ल्युब आयलको डिलर बनेको जानकारी गराउँदै आगामी दिनमा सधैँ गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा र गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु)का बरिष्ठ उपाध्यक्ष प्रदीप घिमिरे र नाडाको लुब्रिकेन्ट समितिका सदस्य मधुसूदन सिग्देल उपस्थित थिए।

फ्रान्सेली लुब्रिकेन्ट कम्पनी टोटल भारतमा उत्पादन हुन्छ । विश्वका १ सय ३० भन्दा बढी देशमा यो लुब्रिकेन्ट बिक्री–वितरण हुन्छ। नेपाली बजारमा टोटलका दुई पांग्रे र चार पांग्रे सवारीसाधनका लागि लुब्रिकेन्टका साथै ग्रिज समेत उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .