समाज


पूर्व महानिरीक्षक सिंहको पशुपति आर्यघाटमा अन्त्येष्टि

पूर्व महानिरीक्षक सिंहको पशुपति आर्यघाटमा अन्त्येष्टि

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १०:०,

​पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको शुक्रबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। बिहीबार साँझ निधन भएका सिंहको प्रहरी सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

फोक्सोको समस्याबाट पीडित सिंहको ८२ वर्षको उमेरमा ह्‍याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। स्वर्गीय सिंहको पार्थिव शरीरमा ​निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्व. सिंहका परिवारजन एवं आफन्तजनले फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

​स्व. सिंहको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो। स्व. सिंहको पार्थिव शरीरमा उनका कान्छा छोरा निरन्जनबहादुर सिंहले दागवत्ती दिए।

बझाङको पिपलकोट बुङ्गलमा विसं १९९४ फागुन १ गते जन्मिएका स्व. सिंहका २ छोरा र २ छोरी छन्। ​पूर्व प्रहरी महानिरीक्षक सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .