रेनो नेपालले द अल–न्यू काइगरको मूल्य नेपाली रुपैयाँ २८ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
यस उत्कृष्ट मूल्य निर्धारणले रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा गतिशीलता परिवर्तन गर्ने निश्चित रहेको कम्पनीको दाबी छ ।
साथै रेनो काइगरको लागि बुकिङहरु समेत बिहीबारदेखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कहरुबाट सुरु भएको छ ।
कम्पनीका अनुसार रेनो काइगरले आफैँलाई एक स्टनिङ, स्मार्ट र स्पोर्टी बी–एसयूभीको रुपमा स्थापित गरेको छ ।
स्टनिङ डिजाइन स्पोर्टी र मस्कुलर एलिमेन्टहरु द्वारा उदाहरणको रुपमा छ, जसले रेनो काइगरलाई एक सही एसयूभीको रुपमा खडा गरेको छ । रेनो काइगरमा स्मार्ट क्याबिनले प्रविधि, कार्यक्षमता र रुमिनेसको संयोजन छ ।
उच्च प्रदर्शनको साथसाथै यसमा मल्टि सेन्स ड्राइभ मोडहरु रहेको स्पोर्टी ड्राइभ छ । यसले ग्राहकहरुलाई ड्राइभिङ प्राथमिकताहरुमा फ्लेग्जेबिलिटी प्रदान गर्दछ । रेनो काइगरलाई एमटी र एएमटीको दुईवटा विकल्पहरुमा १.० एल इनर्जीमा प्रदान गरिनेछ ।
ग्राहकहरुले चारवटा उपलब्ध रहेको ट्रिमहरु–आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेडबाट छनोट गर्न सक्नेछन् । प्रत्येक संस्करण सेग्मेन्टमा ग्राहकको माग र आवश्यकताहरुलाई ध्यानमा राखी बनाइएको हो र सबै ट्रिमहरुमा यसको आकर्षक मूल्य राखिएको छ । ग्राहकहरुको हरेक स्तरमा एक मूल्यवान् लाभ छ जुन स्टाइलिस डुअल टोन संयोजनको लागि विकल्पको रुपमा रहेको छ ।
रेनो काइगरको दुई अगाडिको सिट र दुई पछाडिको सिटमा तीन–पोइन्ट सिटबेल्ट लगाइएको छ भने रियर मिडल प्यासेन्जर सिटमा दुई–पोइन्ट सिटबेल्टको सुविधा रहेको छ । रेनो काइगरमा दुई साइड एयरब्यागसँगै ड्राइभर र फ्रन्ट–सिट यात्रीको लागि दुई अगाडि एयर ब्यागहरूको साथ आउँछ । दुवै अगाडि सिटहरूको सुरक्षाको लागि सिट बेल्ट रिमाइन्डर चेतावनीकोे सुविधा रहेको छ ।
एक्सेसिसरिज र पर्सनलाइजेसन फ्रन्टमा ग्राहकहरुले विशेष क्युरेट गरिएको एक्सेसरी प्याकहरुको स्मार्ट रेन्जबाट छनोट गर्न सक्छन् जसले काइगर गाडीलाई अर्को तहमा लैजान मद्दत पु¥याउँछ । त्यहाँ पाँचवटा एक्सक्लुसिभ पर्सनलाइजेसन प्याकहरु–एसयूभी, एट्राक्टिभ, एसेन्सियल, स्मार्ट, स्मार्ट प्लस रहेका छन् जुन टेक एक्सेसरिजसहित एक वायरलेस चार्जर र एयर प्युरिफायरका साथ उपलब्ध छ ।
कम्पनीका अनुसार यो कार छवटा आकर्षक रंगहरुमा उपलब्ध छन् । क्यासपियन ब्लु, रेडियन्ट रेड, मुनलाइट सिल्भर, प्लानेट ग्रे, आइस कुल वाइट, माहोगनी ब्राउन साथै डीटीसहितको विकल्पहरुमा यो कार उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया