नेपालमा टेस्ला मोडल ३ का गाडी १३ वटा बिक्री भइसकेका छन्।
अरित इन्टरनेशनलले चर्चित विद्युतीय कार ब्रान्ड टेस्लाका गाडी आयात गरी बिक्री गरेको हो।
नेपालमा हालसम्म टेस्ला ब्रान्डका आधिकारिक बिक्रेता कसैले पाएको छैन।
आर्थिक अध्यादेश २०७८ ले आधिकारिक बिक्रेता नभएको कम्पनीलाई गाडी ल्याउन कडाइ गरेको छ।
अरित इन्टरनेशनलले बजेटअघि नै एलसी खोलेका थप १० गाडी आउनलागेको जानकारी दिएको छ।
‘हालसम्म मोडल ३का १३ वटा गाडी बिक्री गरिसक्यौँ थप १० वटा आउँदै छन्’, अरित इन्टरनेशनलका एक अधिकारीले भने, ‘आर्थिक ऐनले थप गाडी ल्याउन अन्योल रहेको छ। मौद्रिक नीतिपछि स्पष्ट हुन्छ।’
अरित इन्टरनेशनलले काठमाडौंसहित पोखरामा चर्जिङ स्टेसन निर्माण गरिसकेको छ भने भरतपुरमा छिट्टै चार्जिङ स्टेसन निर्माण गर्ने जानकारी दिएको छ।
याे पनि-
हङकङबाट ल्याइएका साढे ३ करोडसम्मका टेस्ला चढ्ने यी हुन् नेपाली
प्रतिक्रिया