ad ad

समाज


हेइटीका राष्ट्रपतिको हत्यापछि प्रहरीको कारवाही, चार जनाको मृत्यु

हेइटीका राष्ट्रपतिको हत्यापछि प्रहरीको कारवाही, चार जनाको मृत्यु

जोभेनल मोइज


नेपालखबर
असार २४, २०७८ बिहिबार १२:२१,

हेइटीका राष्ट्रपति जोभेनल मोइजको हत्यापछि त्यहाँका प्रहरीले गरेको कारवाहीमा चार जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार मोइजको हत्यामा संलग्न भएको आशंका गरिएका चार व्यक्ति र सुरक्षाकर्मी बिच गोलाबारी हुँदा उनीहरुको मृत्यु भएको हो।

यस घटनामा दुई व्यक्ति पनि गिरफ्तार भएका छन्। यतिबेला सुरक्षाकर्मीले अन्य शंकास्पद व्यक्तिलाई पनि राजधानी पोर्ट–अउ–प्रिन्समा खोजिरहेको बताइएको छ।

प्रहरी प्रमुख लिओन चार्ल्सले भनेका छन्,‘उनीहरुलाई गिरफ्तार गर्छौ अथवा उनीहरु मारिन्छन्।’

उनका अनुसार प्रहरी कारवाहीमा मारिएका चार व्यक्ति भाडामा लिइएका व्यक्तिहरु थिए। उनले अपहरणमा परेका ३ प्रहरीलाई छुटाइएको पनि जानकारी दिए।

५३ वर्षे राष्ट्रपति मोइजको बुधबार बिहानै निजी निवासमै हत्या भएको थियो। 

गोली लागेर गम्भीर घाइते भएका उनको मृत्यु भएको थियो। गोली लागेर फर्स्ट लेडी मार्टिन मोइज पनि घाइते भएकी छिन्। हाल उनको अमेरिकको फ्लोरिडामा उपचार भइरहेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .