फिफा विश्वकप २०२६ को फाइनल भिडन्त हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युजर्सी स्टेडियम पुगेका छन्।
विश्वकपको उपाधिका लागि साविक विजेता अर्जेन्टिना र स्पेन भिड्दै छन्।
जारी विश्वकपमा अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो पटक खेल हेर्न स्टेडियममा पुगेका हुन्। राष्ट्रपति ट्रम्पले यसअघिका कुनै खेल प्रत्यक्ष हेर्न रगंशाला पुगेका थिएनन्।
विश्वकपको फाइनलपछि राष्ट्रपति ट्रम्पले विजेता टोलीलाई ट्रफी दिनेछन्।
पहिलो पटक अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकपको फाइनलमा राष्ट्रपति ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग देखिएका हुन्।
पहिलो पटक ३ देशका १६ शहरमा संयुक्त रुपमा भएको विश्वकपको महाकुम्भमा ४८ देश सहभागी थिए। कुल १ सय ४ खेल रहेको विश्वकपको उपाधि भिडन्त जारी छ।
खेलको पहिलो हाफ जारी रहँदा कुनै टोलीले गोल गर्न सकेका छैनन्।
Shares

प्रतिक्रिया