World Cup 2026


विश्वकप : समूह डीमा दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

विश्वकप : समूह डीमा दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

नेपालखबर
असार ५, २०८३ शुक्रबार १९:५८, काठमाडौँ

फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि फर्किएका छन्। शुक्रबार मध्यराति अमेरिकाले पहिलो चरणको अर्को विजेता अस्ट्रेलियासँग खेल्दै छ। 

अर्को खेलमा पाराग्वे र टर्की आमने–सामने हुनेछन्। यो खेलमा दुबै दबाबमा हुनेछन्। किनभने हारले दुबैको विश्वकप आशालाई धागोले झुण्ड्याउनेछ।

अमेरिका भर्सेस अस्ट्रेलिया
पाराग्वेविरुद्ध अमेरिकाको जित प्रभावशाली रह्यो। प्रतियोगिताको पूर्व सन्ध्यामा मोउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको टोलीमाथि प्रश्नहरु आइरहेको थिए। अमेरिकाले घरेलु मैदानमा अपेक्षाअनुरुप खेल्न सक्ला कि नसक्ला भन्ने कुराहरु चलिनै रहे।

तर, लस एन्जलसमा प्राप्त जितले अमेरिकी टोलीप्रति अपेक्षा उल्लेखनीय रुपमा बढाएको छ। अब त चर्चा टोली कति टाढासम्म पुग्न सक्छ भन्ने दिशातर्फ मोडिएको छ।

खेलको पहिलो ह्विस्सलसँगै अमेरिका निकै नै शार्पर कन्फिडेन्ट देखिएको थियो। निरन्तर पाराग्वेन रक्षापङ्क्तिलाई दबाबमा पारिरहेको थियो। जब जब बालोगुनसम्म बल आइपुग्थ्यो, उनीहरु हरेक पटक खतरनाथ देखिन्थे। रक्षापङ्क्तिमा पनि अमेरिका मजबुत देखियो।

स्ट्राइकर फोलारिन बालोगुनले सबैको ध्यान आफूतिर ताने। ४–१ को जितमा बालोगुनले दुई गोल गरे।

अस्ट्रेलियाले पनि अपेक्षाभन्दा माथिको खेल प्रस्तुत गर्यो। डार्क हर्शका रुपमा हेरिएको टर्कीविरुद्ध २–० को जित वास्तवमै आश्चर्यजनक थियो। टोनी पोपाभिकको नेतृत्वमा रहेको अस्ट्रेलियाले पूरा समय ‘डिफेन्सिभ अप्रोच’मा खेलेको थियो। टोलीको पोजेसन मात्र २८ प्रतिशत थियो।

टर्कीले अस्ट्रेलियाको पोस्टमा ३० सट्स अटेम्प्ट गरेको थियो। तर, अस्ट्रेलिया खेलअवधिभर अनुशासित रह्यो। पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका गोलकिपर प्याट्रिक बीचले आठ सट्स अन टार्गेटलाई विफल पारिदिए। अन्त्यमा नेस्टोरी इरानकुन्डा र कोनर मेटकाफको गोलमा अस्ट्रेलिया विजयी भयो।

सकरुजले आत्मविश्वासी अमेरिकाविरुद्ध अर्को कठिन साँझ बिताउनेछ। अमेरिकाले पछिल्ला दुई भेटमा अस्ट्रेलियालाई हराएको छ। पछिल्लोपटक अमेरिकाले अक्टोबर २०२५ मा २–१ को विजयी हासिल गरेको थियो।

टर्की भर्सेस पाराग्वे
शनिबार बिहान नेपाली समयअनुसार बिहान ८ः४५ बजे सान फ्रान्सिस्कोमा टर्की र पाराग्वे दुबै अत्याधिक दबाबमा हुनेछन्। नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन दुबैलाई जितको विकल्प छैन।  

टर्की बलियो लय र उच्च अपेक्षाका साथ अमेरिका पुगेको थियो। युरोपियन च्याम्पियनसिप २०२४ मा प्रभावशाली प्रदर्शन गरेको टर्की अमेरिकामा हेर्नलायक टोलीमध्ये एक हो। पोजेसनमा डोमिनेट गरेपनि अन्त्यमा आफूभन्दा कम फिफा वरीयताको अस्ट्रेलियासँग हार्नु पर्दा भिन्सेन्जो मोन्टेलाको टोली निराश बनेको थियो। दुई दर्जनभन्दा बढी प्रयासमा पनि गोल गर्न नसक्दा ठूलो स्टेजमा टर्कीले प्रदर्शन गर्न सक्दैन भन्ने चर्चा हुन थालेको छ।

टर्कीले समूहको अन्तिम खेलमा अमेरिकासँग खेल्नेछ। निश्चित छ, टर्कीविरुद्ध अमेरिका फेबरेट नै रहनेछ। त्यसैले पनि टर्कीलाई पाराग्वेविरुद्ध तीन अंक अत्यावश्यक छ।

गुस्ताफो अल्फारोको टोलीले ‘डिफेन्सिभ अर्गनाइजेसन’ र कन्सिस्टेन्सी’ले छनोट प्रतियोगितामा सफलता हासिल गरेको थियो। यसबीच टोलीले ब्राजिल र अर्जेन्टिनाजस्ता ठूला टोलीलाई हरायो। अमेरिकाविरुद्धको पराजय विर्सनलायक रहे पनि टर्कीविरुद्ध पाराग्वेले छनोट प्रतियोगिताको यात्रालाई प्रेरणाका स्रोतका रुपमा लिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad