ad ad

भिडियो


रेनल्टको नाडा शो आकर्षणः सात जना अट्ने ‘ट्राइवर’ (भिडियो)


नेपालखबर
भदौ १२ ,

रेनल्ट गाडीको नेपालको आधिकारिक बिक्रेता कम्पनी एडभान्स्ड अटोमोबाइल्स प्रालि हो। उक्त कम्पनीका माकेटिङ मेनेजर सन्दीप क्षेत्रीका अनुसार नाडा अटो शोमा रेनल्ट ट्राइवर ल्याएको छ। एक हजार सीसीको सानो यो गाडीमा सात जना अट्न सक्ने सिट क्षमता छ।

तीनवटा सिलिण्डरसहित १.० पेट्रोल इन्जिन गाडीमा ७२ पीएस र ९६ एनएम पावर छ। पाँचवटा म्यानुअल स्पिड रहेको गाडीमा पाँचवटा गियर बक्स छ। हुण्डाई ग्राण्ड आइ १०, फोर्ड फ्रिस्टाइल, सेलेरियोलगायत ट्राइवरको प्रतिस्पर्धा रहेको उनको भनाइ छ। योसहित अन्य रेनो क्याप्चर, रेनो क्विक, रेनो डस्टर पनि नाडामा रहेका छन्।

Renault triber 2

यी कारहरुको नयाँ भेरिएन्ट पनि नाडामा राखिएको छ। रेनोले नयाँ नयाँ मोडलहरु नेपालमा निरन्तर ल्याइरहेको छ। जसअनुसार ग्राहकहरुको पनि आकर्षण भइरहेको उनी बताउँछन्।

भदौ १२, २०७६ बिहिबार ११:२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .