मध्यपूर्वमा दुई महिनयता बढ्दो तनावबीच इराले आफ्नो नौसेनाका लागि अत्याधुनिक हतियार बनाएको छ। इरानको इरान नौसेनाका लागि स्थानीय सैनिक उद्योगमै उक्त नयाँ स्मार्ट क्रुज मिसाइल बनाइएको हो।
यसका अलावा नौसेनाका लागि जासुसी हेलिकप्टर पनि उपलब्ध भएको छ।
यसैबीच अमेरिकाले इरानमाथि हिन्द महासागरमा एक रसायन ट्यांकरमा ड्रोन हमला गरेको आरोप लगाएको छ।
इरानको नौसेनाका प्रमुख शाहराम इरानीले सञ्चारमाध्यमलाई बताएअनुसार तालाइयेह क्रुज मिसाइलको दूर एक हजार किलोमिटर भन्दा धेरै छ। यो एक स्मार्ट मिसाइल हो, जसले मिसनकाबीच आफ्नो निशाना परिवर्तन गर्न सक्छ।
नौसेना प्रमुखका अनुसार यसका अलावा इरानको नौसेनाले नयाँ जासुसी हेलिकप्टर, आक्रमणमा प्रयोग हुने ड्रोन र मरिन क्रुज मिसाइल पनि आफ्नो हतियारमा समावेश गरेको छ।
यी सबै हतिायर इरानको घरेलु सैन्य उद्योगमा तयार गरिएका हुन्।
पश्चिमी विश्लेषकहरूले इरानले लगातार आफ्नो सैन्य क्षमता बढाउँदै लगेको बताएका छन्। तर उसले आफ्ना हतियारबारे धेरै बढाइँचढाइ गर्ने गरेको उनीहरूको विश्लेषण छ।
इरानको सेनासँग धेरै हतियार स्थानीय उद्योगमा बनाइएका छन्। जसमा अत्याधुनिक मिसाइल र ड्रोन पनि छन्।
Shares
प्रतिक्रिया