ad ad

भिडियो


सुजुकीको युवालक्षित एस–प्रेसो : ‘माई फर्स्ट एसयूभी’ (भिडियाे रिभ्यु)


बसन्त अर्याल
मंसिर ३ ,

कार निर्माता कम्पनी सुजुकीले भर्खरै सार्वजनिक गरेको नयाँ कार एस–प्रेसो नेपाली बजारमा समेत बिक्रीवितरणमा गइसकेको छ। नेपालका लागि सुजुकी फोर ह्विलर तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यो गाडी नेपाली बजारमा ल्याएको हो।

निकै ‘बोल्ड’ र एसयुभी डिजाइन रहेको कारण यो कार उत्तिकै आकर्षक बनेको बिक्रेता सीजी मोटोकर्पको भनाइ छ।

हुन पनि एस–प्रेसोको अपराइड अपिल र ब्याकडोर डिजाइनका कारण एसयूभीजस्तै देखिन्छ। कम्पनीले यसलाई मिनि एसयूभी पनि भनेको छ।

सीजी मोटो कर्पले गत भदौमा भएको नाडा अटो शोबाट यसको अग्रिम बुकिङ लिन सुरु गरेको थियो। यो कार भारतमा अक्टोबर महिनामा मात्रै १० हजार युनिटभन्दा बढी बिक्री भइसकेको छ ।

614A7072

‘युवामाझ लोकप्रिय हुन्छ’
सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी ग्राहकको पहिलो प्राथमिकतालाई अनुशरण गर्दै एसप्रेसो नेपाल ल्याएको बताउँछन्। सस्तो, उत्कृष्ट डिजाइन, उच्च र नवीनतम प्रविधिको आत्मसात् तथा सुरक्षालाई जोड दिएको गाडी भएकाले युवामाझ लोकप्रिय हुनेमा पूर्ण विश्वस्त छन् चौधरी।

सीजी मोटोकर्पका डिलर सेल्स एक्जुकेटीभ गोविन्द भुसालले गाडी चढ्न सुरु गरेका युवालाई एस–प्रेसो उपयुक्त हुने बताए। उनले पहिलोपटक गाडी चढ्नेका लागि कम्पनीले फोकस गरेको जानकारी दिए। एसयुभीको अनुभूति दिलाउने यो गाडी सस्तो पनि भएकाले युवाले रुचाउने उनको भनाइ छ।

हार्टटेक्ट प्लेटफर्मको पाँचौँ पुस्ताका रुपमा निर्माण गरिएको यो कार कस्तो छ त?

614A7061

हेरौँ यसका मुख्य फिचरहरु
यो कारमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ। यसले कारको बनोटलाई बलियो र सुरक्षित बनाउने कम्पनीको दाबी छ। एस–प्रेसोको प्रतिस्पर्धा महिन्द्रा केयूभी १०० र रेनो क्विडसँग हुनेछ।
हजार सीसीको एस–प्रेसो ‘अल्टो ८००’ भन्दा माथिल्लो सेग्मेन्टमा आएको र मूल्य पनि कम रहेकाले बजारमा यसको चर्चा बढी नै छ।

क्षमता/इन्जिन/माइलेज
सुजुकीको हार्टटेक प्लेटफर्ममा निर्माण गरिएको एस–प्रेसो ९९८ सीसी क्षमताको गाडी हो। यसमा १.० लिटरको ३ सिलिन्डरयुक्त के सिरिजको पेट्रोल इन्जिन रहेको छ। यसले ६७ बीएच पावर र ९१ एनएम टर्क उत्पादन गर्छ। यसमा फाइभस्पिड गियरबक्स छ।

गाडीको अधिकतम टर्क ३५ सय आरपीएममा ९० एनएम तथा अधिकतम पावर ५५ सय आरपीएममा ५० किलोवाट रहेको छ। २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको एस–प्रेसोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज दिने एआरएआईले सर्टिफाइड गरेको छ।

सुरक्षालाई विशेष जोड
एस–प्रेसोमा चालक तथा यात्रुको सुरक्षालाई विशेष ध्यान दिइएको गाडीमा रहेका ‘सेफ्टी फिचर’ले देखाउँछ।

यो गाडीमा १० भन्दा बढी सुरक्षा व्यवस्था रहेको छ। यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र १४ इन्चको अलोय ह्विल दिइएको छ। यसमा डुअल एयरब्याग, ईबीडी, एबीएस, प्रि टेन्सनर, फोर्स लिमिटर, सिट बेल्ट, रियर पार्किङ सिस्टम, हाइ स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ सेन्सरलगायतका सुरक्षा फिचर छन्।

maruti suzuki s presso 5

इन्फोटेन्मेन्ट/अलर्ट प्रणाली
एसप्रेसो सेग्मेन्टमै पहिलोपटक स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल राखिएको छ। त्यस्तै गाडीमा म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि स्मार्ट प्लेजडित टचस्क्रिन रहेको छ। एप्पल कार प्ले वा अन्य कुनै स्मार्ट प्ले स्टुडियो एक्पकम्पेटिबल समेत जडान गरिएकोले म्युजिकका लागि आवश्यक व्यवस्था गरिएको छ।

कारमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ ।

एक्सटेरियर/इन्टेरियर/रंग
यो गाडी ३५६५ एमएम लामो, १५६४ एमए उचाइ र १५२० एमएम चौडाइको रहेको छ। २३८० एमएमको ह्विलबेस तथा २१.७ केएमपीएल इन्धन पर्याप्तता, सोलिड सिजलओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिड फायर रड मेटालिक ग्रेनाइट ग्रे र मेटालिक सिल्की सिल्भर कलर रेन्जहरु रहेका छन्।

614A7127

गाडीको भित्री स्वरुप पनि निकै आकर्षक रहेको छ। अगाडि दुवै सिटमा सिटबेल्ट रहेको यो गाडीमा आरामदायी सिटहरु रहेका छन्। पछाडि तीन जना र अगाडि चालकसमेत दुई जना गरी पाँच जनाले यसमा आरामदायी यात्रा गर्नसक्छन्।

मूल्य/भेरिएन्ट
एस–प्रेसोको स्ट्यान्डर्ड मोडलको सुरुवाती मूल्य २२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने पावर बिन्डोसहितको एलएक्सआई मोडलको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी कम्पनीले ल्याएको भीएक्सआई मोडलको मूल्य २४ लाख ९९ हजार र भीएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।

614A7086

अन्य विशेषताहरु
यसमा कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को–ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ ।

३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत नेपालमा बिक्री वितरण सुरु भएको कम्पनीको भनाइ छ।

मंसिर ३, २०७६ मंगलबार १२:३४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .