घुमघाम


पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्रमा लैजाने ट्रेकिङ एजेन्सीलाई कारबाही

पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्रमा लैजाने ट्रेकिङ एजेन्सीलाई कारबाही

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १८:२१, काठमाडौँ

अध्यागमन विभागले पदयात्रा अनुमतिविना विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजाने ट्रेकिङ एजेन्सीलाई कारबाही गरेको छ। 

विभागले स्नोई होरिजन ट्रेक एन्ड इक्सपेडिसनलाई कारबाही गरेको हो। अनुमतिविना विदेशी नागरिकलाई निषेधित क्षेत्रमा लगेकाले पहिलो पटकका लागि ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। 

यस कम्पनीले दुई जना चिनियाँ नागरिकलाई पदयात्रा अनुमतिविना संखुवासभाको भोटखोला गाउँपालिका–४ स्थित मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गराएको थियो। पदयात्रा अनुमति नलिएको पाइएपछि जिल्ला प्रहरी कार्यालय, संखुवासभाले वैशाख २२ गते कारबाहीका लागि सिफारिस गरेको थियो। 

निषेधित क्षेत्रमा प्रवेश गरिसकेपछि मात्रै कम्पनीले अनुमति मागेको विभागले जनाएको छ। अध्यागमन नियमावली, २०५१ अनुसार, विदेशी नागरिकले निषेधित क्षेत्रमा प्रवेश गर्नुअघि नै एजेन्सीमार्फत विभागबाट अनुमति लिनुपर्छ। 

सरकारले १३ जिल्लाका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणका गरेको छ। जसमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर र लामाबगर क्षेत्र, संखुवासभाको किमाथांका, छेकम्पार र चुञ्चेतलगायतका पर्यटकीय क्षेत्र छन्। यी क्षेत्रमा पदयात्रा गर्न विदेशी नागरिकले अनुमति लिनुपर्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad