सुदूरपश्चिम


धनगढीमा चक्कु लिएर प्रहरी लखेट्ने युवक को हुन्?

धनगढीमा चक्कु लिएर प्रहरी लखेट्ने युवक को हुन्?

नेपालखबर
माघ ३०, २०८१ बुधबार ११:५३, काठमाडौँ

कैलाली, धनगढीमा ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ।

मंगलबार राति सवा ८ बजे हातमा चक्कु लिएर 'हरहर महादेव' भन्दै सडकमा होहल्ला गर्दै हिँडिरहेका युवकले प्रहरीमाथि चक्कु प्रहार गर्न खोजेका हुन्।  

सडकमा प्रहरीले उनलाई नियन्त्रणको प्रयास गरेको थियो। उनलाई नियन्त्रणमा लिन नसकेको भनेर स्थानीयले प्रहरीको आलोचना गरेपछि एकजना प्रहरीले ती युवकलाई पछाडिबाट लाठी प्रहार गर्छन्। लगत्तै ती प्रहरीलाई युवकले चक्कु प्रहारको प्रयाससहित लखेट्छन्। तर, केहीबेरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी पदमबहादुर विष्टले ती युवकको मानसिक सन्तुलन बिग्रिएको भन्ने बुझिएको बताए।

‘यी युवकको मानसिक सन्तुलन बिग्रिएको भन्ने बुझिएको छ,’ उनले भने, ‘उनलाई मंगलबार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।’

प्रहरीका अनुसार, आक्रमणमा उत्रिएका युवक धनगढी उपमहानगरपालिका-१४ का वर्ष ३६ का टेकबहादुर टमाटा हुन्। पक्राउ परेका टमाटालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad