सुदूरपश्चिम


श्री ५ महाराजाधिराज लेख्ने तमासा भइरहेको छ : अध्यक्ष ओली

श्री ५ महाराजाधिराज लेख्ने तमासा भइरहेको छ : अध्यक्ष ओली

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १६:४७, बैतडी

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा पैदा हुँदा विदेश पलायन हुँदै गएको अवस्थामा प्रतिक्रियावादी शक्तिहरू सल्बलाउन थालेको बताएका छन्।

बिहीबार बैतडीको गोठलापानीमा आयोजित महाकाली-मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजाको शालिक बनाएर श्री ५ महाराजाधिराज लेखी असंवैधानिक काम भइरहेको बताएका छन्। अध्यक्ष ओलीले गणतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको बताए।

अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिब हुन जन्मिने कुरा स्वीकार्य नहुने ओलीले बताए।

‘जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले जनता विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर दुलाबाट टाउको निकालेर फेरि सल्बलाउन खोजेका छन्। अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम अहिले भइरहेको छ, अध्यक्ष ओलीले भने, ‘गणतन्त्रको विरोध गर्ने, दुःसाहसी काम भइरहेको छ। लोकतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ। तसर्थ हामी पछाडि फर्किन सक्दैनौँ, फेरि हामी रैती हुन सक्दैनौँ। फेरि हामी दास हुन सक्दैनौँ। फेरि हामी छुवाछुत र अनेक प्रकारतिर फर्किन सक्दैनौँ। फेरि हामी जन्मिँदै कोही राजा हुन जन्मिन्छ, कोही दास, कोही धनी र कोही गरिब हुन जन्मिन्छ भनेर मान्दैनौँ। अब गरिबी अन्त्य गर्नैपर्छ। अभाव, भोकमरी समाप्त गर्नैपर्छ।’

अध्यक्ष ओलीले गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .