ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम सरकारमा सामेल हुँदै नागरिक उन्मुक्ति, मन्त्री बन्दै रामेश्वर चौधरी

सुदूरपश्चिम सरकारमा सामेल हुँदै नागरिक उन्मुक्ति, मन्त्री बन्दै रामेश्वर चौधरी

रामेश्वर चौधरी


गोकुल जोशी
साउन ८, २०८० सोमबार ९:४१, कञ्चनपुर

सुदूरपश्चिम सत्ता गठबन्धनमा रहेर पनि असन्तुष्ट नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा सामेल हुने भएको छ।

रिक्त रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिबाट मन्त्री नियुक्ति गर्ने तयारी मुख्यमन्त्री कमलबहादुर शाहले गरेका छन्। 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम मुख्यमन्त्री शाहलाई पठाइसकेको नागरिक उन्मुक्तिका एक नेताले बताए।

उनीहरु सोमबार (आज) मन्त्रीमा नियुक्त हुन सम्भावना छ। गत जेठमा सरकार विस्तारका क्रममा उन्मुक्तिको भागमा कृषि मन्त्रालय परेको थियो।

तर असन्तुष्टि जनाउँदै उन्मुक्ति सरकारमा सामेल भएको थिएन। सत्तारुढ गठबन्धनभित्र उन्मुक्तिले दुई पूर्ण र एक राज्यमन्त्री पाउनुपर्ने अडान राखेको थियो।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिए पनि भागबन्डामा असन्तुष्ट हुँदै सरकार बाहिर बसेको उन्मुक्ति अहिले भित्रिन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .