सुदूरपश्चिम


आरजुले क्षेत्र छोड्दा मौका पाए, नारदमुनिलाई हराउँदै संघीय संसद् उक्लिए डिल्लीराज

आरजुले क्षेत्र छोड्दा मौका पाए, नारदमुनिलाई हराउँदै संघीय संसद् उक्लिए डिल्लीराज

गोकुल जोशी
मंसिर ९ , कञ्चनपुर

कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पन्तले १ हजार ७४ मतान्तरले नेकपा  एमालेका नारदमुनि रानालाई पराजित गरेका हुन्।

कांग्रेसका पन्तले २१ हजार ३९२ मत  ल्याए। उनका प्रतिस्पर्धी एमालेका रानाले २० हजार ३१८ मत मात्रै ल्याउन सके। यस्तै, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार ३४९ मत प्राप्त गरे।

यो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा चुनाव लड्न चाहेकी थिइन्। त्यसका लागि उनी एकल सिफारिसमा समेत परिन्। 

नेपाली कांग्रेसबाट ०७४ मा कैलाली ५ बाट स्पर्धा गरेकी राणा त्यस बेला एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। त्यस बेला कांग्रेसबाट पुष्करनाथ ओझाले पनि चुनाव लड्न चाहेका थिए। तर, अन्तिममा टिकट नपाएपछि असन्तुष्ट बनेका थिए। 

ओझाको अन्तर्घातका कारण आरजु पराजित हुनुपरेको आरोप लगाउँदै कांग्रेसले ओझालाई कारबाही गरेको थियो। यसपटक उनै ओझाले समस्या गर्ने आकलन सहित अन्तिममा आरजु समानुपातिकतर्फ लागेकी थिइन्।

आरजुले कैलाली ५ छोड्दा गठबन्धनको साझा उम्मेदवार बन्ने मौका पाए, कांग्रेसका डिल्लीराज पन्तले। उनले चुनाव पनि जितेका छन्।

०७४ मा आरजुलाई पराजित गर्ने एमालेका नारदमुनिलाई रोक्दै डिल्लीराज संघीय संसद उक्लिएका हुन्।

एमालेले ०७४ को विरासत जोगाउन सकेन। डिल्लीराज ०७४ को चुनावमा कैलाली क्षेत्र नं. ५ को प्रदेश सभा २ मा जितेका थिए। 

मंसिर ९, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.