ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा नेकपा एमालेको पहिलो जित, वीरबहादुर थापा बने प्रदेश सांसद

संविधानसभा सदस्य दिवानसिंह विष्ट प्रदेश सभामा विजयी
कञ्चनपुरमा नेकपा एमालेको पहिलो जित, वीरबहादुर थापा बने प्रदेश सांसद

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १२:२, कञ्चनपुर

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभाका दुई वटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

प्रदेश सभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको र प्रतिनिधि सभाको मतगणना जारी रहेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए। 

उनका अनुसार प्रदेश सभा १ मा नेकपा एमालेका वीरबहादुर थापा (पातल) १२ हजार ३५९ मतका साथ विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार ६ मत मात्रै ल्याए। 

प्रदेश सभा २ मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन्। उनले ८ हजार ५२० मत सहित बाजी मारे। विष्ट क्षेत्र नं. १ मा ०७० सालको दोस्रो संविधानसभा सभाको चुनावमा निर्वाचित भएका थिए। 

प्रतिस्पर्धी नेकपा एमालेका पल्लवराज भट्टले ७ हजार ६०३ मत हासिल गरेका थिए। जारी मतगणनामा कञ्चनपुर क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तामाङ शीर्षस्थानमा रहेका छन्। 

उनलाई माओवादी केन्द्रकी बीना मगरले पछ्याइरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .