सुदूरपश्चिम


गर्मी बढेपछि कञ्चनपुरका पालिकाद्वारा विद्यालय बन्द

गर्मी बढेपछि कञ्चनपुरका पालिकाद्वारा विद्यालय बन्द

नेपालखबर
जेठ ११, २०८३ सोमबार १६:५६, महेन्द्रनगर

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन्।

आज एक सूचना जारी गर्दै यहाँको शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाले हाल बढिरहेको अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने र विद्यालय सञ्चालनमा समेत कठिनाइ उत्पन्न हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी दुई दिन बिदा दिने निर्णय गरेको छ।  

त्यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि तीन दिनसम्मका लागि बिदा दिएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए। 

यहाँको भीमदत्त नगरपालिकाले पनि एक सूचना जारी गर्दै आजदेखि तीन दिनसम्मका लागि विद्यालय बन्द गरेको छ। यहाँका पालिकाले गर्मी बिदा र लामो बिदाबाट कट्टी हुने गरी अहिले बिदा दिएको जनाएका छन्।

नौ स्थानीय तह रहेको कञ्चनपुरमा संस्थागत ३४९ र सामुदायिक २६० विद्यालय छन्। केही दिनयताको गर्मीका कारण कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ। 

जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि यस सार्वजनिक अनुरोध गरेको थियो।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन गत शुक्रबार अनुरोध गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad