कारोबार


बाढी प्रभावित सिन्धुली सडकको पुनर्निर्माण जापानको शिमिजु कर्पोरेसनले गर्ने

बाढी प्रभावित सिन्धुली सडकको पुनर्निर्माण जापानको शिमिजु कर्पोरेसनले गर्ने

नेपालखबर
जेठ ११, २०८३ सोमबार १६:५६, काठमाडौँ

बाढीले भत्काएको सिन्धुली सडकको आकस्मिक पुनर्निर्माण सुरु गरिएको छ। 

योसँगै सडक निर्माण औपचारिक रुपमा सुरु भएको नेपालस्थित जापानी राजदूतावासले जनाएको हो। 

समारोहमा पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिग्देल, जापानी राजदूत मायदा तोरु समेत उपस्थित थिए। आकस्मिक पुनर्निर्माण जापानको चर्चित निर्माण कम्पनी शिमिजु कर्पोरेसनले गर्ने दूतावासले जनाएको छ। 

१६० किमि लामो यो सडकले मध्य र पूर्वी तराईसँगै राजधानी काठमाडौंलाई जोड्छ। सन् १९९५ देखि २०१५ सम्म जापान सरकारको पौने २५ अर्ब रुपैयाँ अनुदानमा यो सडक निर्माण भएको थियो। यसले नेपालको आर्थिक वृद्धिमा ठूलो योगदान गरेको दूतावासले जनाएको छ। 

यो सडक सन् २०२४ सेप्टेम्बरमा बाढीले व्यापक क्षति भएको थियो। नेपाल सरकारको आग्रहमा जापान सरकारले २.८ अर्ब येन अनुदान सहयोगमा मर्मत गर्न लागिएको हो। 

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवमा यो योजना सुरु भएको दूतावासले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad