तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारमा एक किरियापुत्रीले मतदान गरेका छन्।
स्थानीय ५८ वर्षीय सुब्बा पन्थले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मतदान गरेका हुन्।
पन्थले व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय ‘ङ’ मतदान केन्द्रबाट मतदान गरेका हुन्।
उनका ८३ वर्षीय बुबाको आजै निधन भएको हो। दाहसंस्कारपश्चात् पन्थ मतदानमा सहभागी भएका हुन्।
‘देशमा सुशासन कायम गर्न र वर्तमान अवस्था परिवर्तनका लागि भएको निर्वाचनमा मेरो एक मतले देश बनाउन सहयोग पुग्छ भनेर मतदानमा सहभागी भएको हुँ,’ उनले भने, ‘मेरो मत सदुपयोग हुनेछ भन्ने विश्वास लिएको छु।’
उनका भाइ रामकृष्ण वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर छन्। दुई भाइ कृष्ण र ऋषिराम जिल्लाबाहिर रहेका उनले बताए।
45
Shares

प्रतिक्रिया