कञ्चनपुरमा शनिबार बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ।
कृष्णपुर नगरपालिका-२ वाणीस्थित पूर्वपश्चिम राजमार्गमा काठमाडौँबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको ना ७ ख ६१८२ नम्बरको बस पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार दुर्घटनामा कृष्णपुर नगरपालिका-१ बन्डका ४० वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो।
बस चालक दैजीका ४० वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अनियन्त्रित भएर बस सडकबाट पल्टिएको थियो। अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।
198
Shares

प्रतिक्रिया