ग्लोबल


इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा ​​हस्ताक्षर

इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा ​​हस्ताक्षर

नेपालखबर
असोज २८, २०८२ मंगलबार ८:२१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन्। 

सोमबार इजिप्टको सर्म अल-शेखमा २० भन्दा बढी देशका नेताहरूको उपस्थितमा आयोजित सम्मेलनमा उनीहरूबीच हस्ताक्षर भएको बीबीसीले उल्लेख गरेको छ। 

यस अवसरमा ट्रम्पले भने, ‘एउटा नयाँ र सुन्दर दिन उदाइरहेको छ; पुनर्निर्माण अब सुरु हुँदै छ।’

उनले इजरायल र हमासबीच युद्धविराम गराउन मद्दत गरेकामा मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरे।

यसैबीच इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले यो दिनलाई ‘ऐतिहासिक’ भनेका छन्।

सोमबार ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणको एक भागका रूपमा इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरू आदानप्रदान गरिएको छ। 

सम्झौताअन्तर्गत हमासले सोमबार २० जीवित र ४ जना मृत बन्धक फिर्ता गरिसकेको छ। अब उसले २४ इजरायली बन्धकको शव फिर्ता गर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad