सुदूरपश्चिम


कैलालीमा युवकको हत्या, टाउको लिएर प्रहरी कार्यालयमा

कैलालीमा युवकको हत्या, टाउको लिएर प्रहरी कार्यालयमा

नेपालखबर
असोज २५, २०८२ शनिबार ८:२७, कञ्चनपुर

कैलालीमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका-८ मा शुक्रबार राति सुर्खेतको चौकुने गाउँपालिका-३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार हत्यामा संलग्न दुई युवकलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा घोडाघोडी गाउँपालिका-८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री छन्।

प्रहरीका अनुसार खाजा पसलमा रक्सी खाने बेला विवाद हुँदा उनीहरूले धारिलो हतियार प्रयोग गरी केशरको टाउको छिनालेका हुन्। 

हतियार र छिनालेको टाउको बोकेर राति घोडाघोडी नगरपालिका-३ स्थित उनीहरू अस्थायी प्रहरी पोस्ट प्रतिखेतनजिक पुगेका थिए। 

प्रहरीले राति कता हिँडेको भनेर सोधेपछि उनीहरूले मान्छे मारेको र टाउको बोकेर आएको भनेका थिए।

हत्यामा संलग्न ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad