सुदूरपश्चिम


सुदूरपश्चिममा जेनजी आन्दोलनः २३३ भौतिक संरचना र ६८८ सवारी साधनमा क्षति

सुदूरपश्चिममा जेनजी आन्दोलनः २३३ भौतिक संरचना र ६८८ सवारी साधनमा क्षति

तत्कालीन गृहमन्त्री रमेश लेखकको कञ्चनपुरस्थित आगजनीमा परेको घर


गोकुल जोशी
भदौ २९, २०८२ आइतबार २०:२७, कञ्चनपुर

सुदूरपश्चिममा जेनजीको आन्दोलनका क्रममा उग्र प्रदशर्नकारीहरुले ६ सय ८८ सवारी साधनमा क्षति पुर्‍याएका छन्। 

प्रदेशका ९ वटै जिल्लाबाट अहिलेसम्म संकलित विवरणअनुसार १ सय १० चार पाङ्ग्रे र ६ सयभन्दा बढी दुई पाङ्ग्रे सरकारी सवारी साधनमा आगजनी र तोडफोडबाट क्षति पुगेको हो।

कैलालीमा ६ सय ६७, कञ्चनपुरमा १७ र डोटीमा ४ सवारी साधनमा आगजनी र तोडफोड गरिएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय, अदालत, प्रशासन, भन्सार लगायत कार्यालयमा राखिएका सवारी साधनमा आगजनी र तोडफोडबाट क्षति पुगेको छ। 

प्रदेश प्रहरी कार्यालयका अनुसार २ सय ३३ भौतिक संरचनामा क्षति पुगेको छ। १५ प्रहरी कार्यालय, १ सय ४९ सरकारी कार्यालय, ३५ व्यापारिक कार्यालय तथा निजी भवन र ३४ पार्टी कार्यालय आगजनी र तोडफोड गरिएको हो।

कैलालीमा ३ प्रहरी कार्यालयमा पूर्ण र २ मा आंशिक क्षति पुगेको छ। कञ्चनपुरमा ३ प्रहरी कार्यालयमा आगजनी र तोडफोडबाट आंशिक्ष क्षति पुगेको छ। 

सुदूरपश्चिमा ७ वटा अस्थायी ट्राफिक पोष्टमा तोडफोड र आगजनी गरिएको छ। कैलालीमा २, कञ्चनपुरमा १ र बझाङमा १ गरी ४ सरकारी कार्यालय पूर्ण रुपमा ध्वस्त छन्। 

आगजनी र तोडफोडबाट कैलालीमा १ सय, कञ्चनपुरमा २३, डोटीमा ७, अछाम ४, डडेल्धुरामा ९ र दार्चुलामा २ सरकारी कार्यालयमा आशिंक क्षति पुगेको छ।

जेनजी प्रदर्शनका क्रममा २३ भदौंमा सरकारी दमनबाट १९ युवाको ज्यान गएपछि अर्को दिन प्रदर्शनकारीहरुले सरकारी कार्यालय, जनप्रतिनिधि र नेताहरुको घरलाई निसाना बनाएर आगजनी, तोडफोड र लुटपाट भएको थियो।  

कैलालीमा १२ र कञ्चनपुरमा २३ गरी ३५ व्यापारिक तथा निजी भवन आंशिक क्षतिग्रस्त छन्। कैलालीमा १७, कञ्चनपुरमा ५, डोटी र अछाममा २/२, डडेल्धुरामा ५ र दार्चुलामा ३ गरी ३४ वटा विभिन्न पार्टीका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ।

तुलनात्मक रुपमा अन्य जिल्लाभन्दा बाजुरा र बैतडी आन्दोलनका क्रममा भौतिक क्षतिबाट जोगिए। भौतिक क्षतिको विवरण संकलन गरिए पनि आर्थिक क्षतिको विवरण अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
०००

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad