जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट भागेका एक कैदी घरमा मृत भेटिएका छन्।
बेलडाँडी गाँउपालिका-१ का २६ वर्षीय पदमराज भट्ट घरमा मृत भेटिएका हुन्।
लागुऔषध मुद्दामा भट्ट दुई वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार शनिबार भट्ट घरमै मृत फेला परेको हुन्।
अहिले शव पोस्टमार्टमका लागि बेलौरी अस्पतालमा लगिएको छ।
अदालतले भट्टलाई लागुऔषध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय तोकेको थियो।
कारागारबाट भागेपछि गाउँमा २६ गते ती युवक र अन्यबीच झगडा भएको खुलेको छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
414
Shares

प्रतिक्रिया