समाज


६ औँ बेल्ट एन्ड रोड कर प्रशासन सहयोग फोरम सम्मेलन काठमाडौँमा सम्पन्न

६ औँ बेल्ट एन्ड रोड कर प्रशासन सहयोग फोरम सम्मेलन काठमाडौँमा सम्पन्न

नेपालखबर
भदौ २८, २०८२ शनिबार १९:५५, काठमाडौँ

तीन दिनसम्म चलेको ६औँ बेल्ट एन्ड रोड कर प्रशासन सहयोग फोरम (ब्रिटाकोफ) सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ।

राम्रो व्यवसायिक वातावरणका लागि करदाता सेवामा साझा प्रगतिु मूल नारासहित सम्पन्न सम्मेलनमा मा कर प्रशासन उत्पादन पोर्टफोलियो, करदाता सेवा उत्पादन पोर्टफोलियो, कानुनमा आधारित कर शासन, कर प्रशासन पारदर्शिता, कर तथा शुल्क भुक्तानी सेवा, र डिजिटल प्रविधि प्रयोग गरी छ वटा प्रमुख विषयमा गहिरो छलफल र आदान-प्रदान गरिएको थियो। यस्तै, व्यवसाय तथा उद्योग कर संवादमार्फत कर प्रशासन, अन्तर्राष्ट्रिय संगठन तथा बहुराष्ट्रिय कम्पनीबीच प्रत्यक्ष छलफल र संचारको प्लेटफर्म प्रदान गरिएको थियो।

सम्मेलनपश्चात् फोरमले आठवटा निष्कर्ष सार्वजनिक गरेको छ। फोरम सचिवालयका कार्यकारी सचिव वाङ दाओशुले ती आठ नतिजा विस्तारमा प्रस्तुत गरेका थिए, जसमा समावेश छन्स् कर प्रशासन उत्पादन पोर्टफोलियो (संस्करण १.०), करदाता सेवा उत्पादन पोर्टफोलियो (संस्करण १.०), ब्रिटाकोम कर नीति पुस्तकालयको स्तरोन्नति, ब्रिटाकेज अनलाइन पाठ्यक्रमहरूको अनुकूलन, हङ्गेरीले ब्रिटाकोमको पूर्ण सदस्यता ग्रहण गर्नु, थिम डे कार्यक्रमहरूको भिडियो, ब्रिटाकोमको वार्षिक प्रतिवेदन (२०२५), र ६औँ ब्रिटाकोफको संयुक्त विज्ञप्ति।

कर प्रशासन उत्पादन पोर्टफोलियो (संस्करण १.०)
ब्रिटाकोम कर प्रशासन उत्पादन पोर्टफोलियोमा बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गतका क्षेत्राधिकारहरूका कर संकलन, व्यवस्थापन तथा अनुगमन गतिविधिहरू समेटिएका छन्। यसमा करदाता दर्ता र पहिचान प्रमाणीकरण, कर विवरणी, कर संकलन, विवाद समाधान, आन्तरिक नियन्त्रण, अन्तर्राष्ट्रिय सहकार्य, जोखिम व्यवस्थापन, निरीक्षण तथा छानबिन गरी सात भाग समावेश छन्।

करदाता सेवा उत्पादन पोर्टफोलियो (संस्करण १.०)
ब्रिटाकोम करदाता सेवा उत्पादन पोर्टफोलियोले करदाता सेवामार्फत कर अनुपालन प्रवर्द्धन गर्ने तर्कलाई पछ्याएको छ। यसमा करदाता सेवा दर्शन र सुरक्षा, आधारभूत करदाता सेवाहरू, व्यक्तिगत करदाता सेवाहरू, करदाता सेवा अनुगमन र प्रतिक्रिया संकलन, साथै भविष्यका सम्भावना गरी पाँच भाग समेटिएका छन्। यसले बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गतका क्षेत्राधिकारहरूको अनुभव र अभ्यासलाई समेटेको छ र सबै पक्षका लागि सन्दर्भ प्रदान गर्दछ।

ब्रिटकम कर नीति पुस्तकालयको सुधार
ब्रिटाकोम को आधिकारिक वेबसाइटमा रहेको कर नीति पुस्तकालय थप स्तरोन्नति गरिएको छ, जसमा ३७ ब्रिटाकोम परिषद् सदस्य र केही अवलोकनकर्ताहरूका कर प्रणाली तथा कर ढाँचाको विवरण नयाँ रूपमा थप वा अद्यावधिक गरिएको छ।

ब्रिटाकेज अनलाइन पाठ्यक्रमहरूको अनुकूलन
३२ ब्रिटाकेज पाठ्यक्रम अद्यावधिक गरिएको छ, जसमा १० भन्दा बढी क्षेत्राधिकारका हालका केसहरू समावेश छन् र डिजिटल इनभ्वाइसिङ, करदाता सेवाहरू, अन्तर्राष्ट्रिय कर नियमहरूजस्ता विषय समेटिएका छन्। साथै, यी अनलाइन पाठ्यक्रमहरूमा अंग्रेजी, चिनियाँ र अरेबिक उपशीर्षक थपिएका छन्, जसले पहुँच विस्तार गर्ने र क्षमता विकासलाई सुदृढ गर्नेछ।

हङ्गेरीले ब्रिटाकोमको पूर्ण सदस्यता ग्रहण गर्नु
ब्रिटाकोम परिषद् बैठकले हङ्गेरीको नेसनल ट्याक्स एण्ड कस्टम्स एडमिनिस्ट्रेशनलाई, जुन परिषद्को अवलोकनकर्ता थियो, सदस्य बन्ने आवेदन स्वीकृत गर्‍यो। यससँगै ब्रिटाकोम परिषद् सदस्यहरूको संख्या ३८ पुगेको छ।

थिम डे कार्यक्रमको भिडियो
थिम डे कार्यक्रमको भिडियोले २०२२ यता ब्रिटाकोम सचिवालयले आयोजना गरेका नौवटा थिम डे कार्यक्रमहरूको अवलोकन गरेको छ, जसले कर र व्यवसायबीच प्रत्यक्ष संचारको माध्यम उपलब्ध गराउने र विकासमैत्री कर वातावरण निर्माण गर्ने ब्रिटाकोम को भूमिकालाई प्रदर्शन गर्दछ।

ब्रिटाकोम को वार्षिक प्रतिवेदन (२०२५)
वार्षिक प्रतिवेदनले विगत वर्षको ब्रिटाकोम का उपलब्धि तथा विकासलाई केन्द्रमा राखेको छ, जसमा ५औँ ब्रिटाकोफ, अन्य महत्वपूर्ण कार्यक्रमहरू, सचिवालय, BRITACEG, हङकङ कार्ययोजना (२०२५–२०२७), आधिकारिक वेबसाइट, बेल्ट एण्ड रोड इनिसिएटिभ ट्याक्स जर्नल ९बीआरआईटीज०, र सल्लाहकार बोर्डसम्बन्धी प्रगति समेटिएको छ। यसले सरोकारवालाहरूलाई ब्रिटाकोम बारे अझ बढी जानकारी दिनेछ।

६औँ ब्रिटाकोफको संयुक्त विज्ञप्ति
संयुक्त विज्ञप्तिले जटिल र विकसित हुँदै गएको अन्तर्राष्ट्रिय परिदृश्यलाई मान्यता दिएको छ, विगत छ वर्षमा ब्रिटाकोम का उपलब्धिहरूलाई स्वीकार गरेको छ, यस ब्रिटाकोफका नतिजा विवरण गरेको छ, र कर प्रशासन तथा करदाता सेवा उत्पादन पोर्टफोलियो सुधार, कानुनमा आधारित कर शासन प्रवर्द्धन, कर प्रशासन पारदर्शिता सुदृढीकरण, कर तथा शुल्क भुक्तानी सेवा अनुकूलन, र डिजिटल प्रविधिको प्रयोग गहिर्याउने विषयमा सहमति व्यक्त गरेको छ।

समापन समारोहमा, इन्डोनेसियाको डाइरेक्टोरेट जनरल अफ ट्याक्सेजले २०२६ मा ७औँ ब्रिटाकोफ आयोजना गर्ने घोषणा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad