सुदूरपश्चिम


धनगढीमा पनि देउवाको घरमा आगजनी

धनगढीमा पनि देउवाको घरमा आगजनी

धनगढीमा पनि देउवाको घरमा आगजनी


गोकुल जोशी
भदौ २४, २०८२ मंगलबार १३:८, काठमाडौँ

कैलालीको धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनी गरिएको छ। 

जेन-जेड आन्दोलनमा सरकारले दमन गरेपछि आक्रोशित युवाहरूले देउवाको धनगढीस्थित निवासमा आगजनी गरेका हुन्।

यसअघि काठमाडौँको बुढानीलकण्ठमा रहेको देउवा निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।     

यस्तै, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड भएको छ।

मुख्यमन्त्रीको गाडीमा तोडफोड

आक्रोशित युवाहरू मुख्यमन्त्री कार्यालयभित्र तोडफोडमा उत्रिएका छन्। 

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकाभित्र तीन जना भन्दा बढीको समूह बनाएर आवतजावत, भेला, जुलुस, प्रर्दशन, बैठक गर्न नपाउने गरी स्थानीय प्रशासनले कर्फ्यु लगावएको छ।

पूर्वमा बुद्धचोक, क्याम्पस रोड, उत्तरमा हसनपुरचोक एरिया हुँदै डिभोटी होटल हुँदै शिवनगर रोड, दक्षिणमा शारदा स्कुल, एसपीए कलेज, सन्तोषी टोल चोक एरिया र कब्रास्थान रोड  तथा पश्चिममा बसपार्क एरिया हुँदै धनगढी चौराह र सहिद गेटमा कर्फ्यु लगाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad