सुदूरपश्चिम


दार्चुलामा ५ जना सवार अटो खोलामा खस्यो, एक बालिकाको शव भेटियो, २ जना बेपत्ता

दार्चुलामा ५ जना सवार अटो खोलामा खस्यो, एक बालिकाको शव भेटियो, २ जना बेपत्ता

नेपालखबर
भदौ १६, २०८२ सोमबार १५:४८, कञ्चनपुर

दार्चुलामा अटो रिक्सा दुर्घटना भएको छ। जिल्लाको नौगाड गाउँपालिका ५ सौकेबगरमा अनियन्त्रित भएर यात्रु बाहक अटो रिक्सा होपरी खोलामा खसेको हो।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार अटो रिक्सा खोलामा खस्दा ११ वर्षीया बालिकाको मृत्यु भएको छ। 

अन्य २ जना यात्रु खोलामा बेपत्ता रहेका छन्। उनीहरुको खोजी भइरहेको छ।

अटो रिक्सा खोलामा खसेपछि ३ जना बेपत्ता भएका थिए। तीन जनामध्ये बालिकाको शव भेटिएको हो।

नौगाडबाट गोकुलेश्वरतर्फ गइरहेको म १ ख ११४८ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर खोलामा खसेको हो। 

दुर्घटनामा अटो चालक नौगाड गाउँपालिका ६ का मनिराम भुल र उनका छोरा आयुस भुल घाइते भएका छन्। अटो रिक्सामा चालकसहित ५ जना सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad