कैलाली कारागारका एक थुनुवाको मृत्युभएको छ । जिल्लाको टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए। उनले मृत्युको कारण भने खुल्न नसकेको बताए।
मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ। रासस
504
Shares

प्रतिक्रिया