सुदूरपश्चिम


सदनबाट संघर्ष अगाडि बढाएपछि शिक्षकको समस्या समाधान हुने सम्भावना बढ्यो : प्रचण्ड

सदनबाट संघर्ष अगाडि बढाएपछि शिक्षकको समस्या समाधान हुने सम्भावना बढ्यो : प्रचण्ड

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १६:२१, कञ्चनपुर।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षकलाई अपमानित र दमन गरेको बताएका छन्। शिक्षकहरुको समस्या समाधान गर्न सरकार गम्भीर ढंगले लाग्नुको सट्टा अपमानित गरेर समस्या बल्झाउने कोसिस भएको उनले टिप्पणी गरे।

त्यसको विरोधमा आफूले खबरदारी गरेको उनको भनाइ छ। शिक्षकको समस्या समाधानका लागि सदनमा आफूहरुले संघर्ष गरेपछि अहिले समस्या समाधानको सम्भावना बढेको प्रचण्डको भनाइ छ। 

‘अहिले बल्ल शिक्षक र सरकारको बीचमा अलिकती परिमाणमुखी वार्ताको सम्भावना पैदा भएको छ,’ दाहालले भने, ‘प्रतिपक्षी दलको नेताको हैसियतले प्रतिपक्ष सबै नेताहरुसंग कुरा गरेर सदनबाट एउटा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेर भएपनि शिक्षकको समस्या अविलम्ब हल गर्न सदनभित्र संघर्ष अगाडि बढाएपछि यसले समाधान दिने सम्भावना बढेको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad