सुदूरपश्चिम


१८ दिन नबित्दै अछाममा अर्को भीषण आगलागी, साँफे हाटबजार भयो खरानी

१८ दिन नबित्दै अछाममा अर्को भीषण आगलागी, साँफे हाटबजार भयो खरानी

शनिबार बिहान आगलागी भएको अछामको साँफे हाटबजार।


नेपालखबर
बैशाख १३, २०८२ शनिबार १२:१७, कञ्चनपुर

अछामको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार १० पसल पूर्ण रूपमा ध्वस्त हुँदा ३ करोड ८६ लाख ६५ हजार बराबरको धनमाल नोक्सान भएको छ।

शनिबार बिहान आगलागी भएको अछामको साँफे हाटबजार।

शनिबार बिहान पौने ४ बजे साँफेबगर नगरपालिका-३ स्थित हाटबजारमा विद्युत् सर्ट भएर सुरु भएको आगो करिब ६ बजे निभाइएको थियो।

जिल्लामा दमकल नभएपछि आगो लागेको क्षेत्रमा रहेको एउटा पसल डोजरले भत्काएर आगो थप सल्किनबाट रोकिएको थियो।

मंगलसेन नगरपालिकासंग एउटा दमकल छ। भएको दमकम पनि बिग्रिएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयलको सहायतामा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। 

आगलागीका कारण किराना, कपडा, मोबाइल, फलफूललगायत पसल खरानी भएका छन्। 

यसअघि चैत २६ गते मात्र अछामकै जयगढ बजारमा आगलागीले ३५ वटा पसल ध्वस्त भएका थिए। जसबाट ८ करोडभन्दा बढीको क्षति भएको थियो।

करोडौँको क्षति र १२ भन्दा बढी परिवारकाे उठीवास हुने गरी जयगढ आगलागी भएको दुई सातामै अछाममा अर्को ठूलो आगलागी भएको हो।

पर्याप्त दमकल नहुँदा र भएका पनि चालु अवस्थामा नहुँदा आगो नियन्त्रणमा लिन झनै समस्या हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad