ग्लोबल


ट्रम्पको दाबी: रुस र युक्रेन 'सम्झौताको धेरै नजिक'

ट्रम्पको दाबी: रुस र युक्रेन 'सम्झौताको धेरै नजिक'

डोनाल्ड ट्रम्प


नेपालखबर
बैशाख १३, २०८२ शनिबार १२:३२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन 'सम्झौताको धेरै नजिक' पुगेको दाबी गरेका छन्।

आफ्ना विशेष दूत स्टिभ विटकफ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको केही घण्टापछि राष्ट्रपति ट्रम्पले उक्त दाबी गरेका हुन्। 

पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ विटकफबीचको वार्ता रचनात्मक र उपयोगी भएको बताएका छन्। 

यस विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौतामा पुग्ने प्रयास 'सफलतापूर्वक' भइरहेको बताएका छन्। 

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति भिडिओ सम्बोधनमा भनेका छन्, ‘रुसलाई बिनासर्त युद्धविराम स्वीकार गराउन वास्तविक दबाब दिन आवश्यक छ।’

हालै पुटिनले पनि जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको संकेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad