कञ्चनपुरमा बेहोस भेटिएका वडाध्यक्षको मृत्यु भएको छ।
बुधबार दिउँसो बेहोस अवस्थामा भेटिएका वेदकोट नगरपालिका–९ का अध्यक्ष जनक विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार वडाध्यक्ष विष्ट वेदकोट नगरपालिका–३ मा पर्ने वेदकोट तालनजिकै जंगलमा बेहोस अवस्थामा फेला परेका थिए।
विष्टले विषादी सेवन गरेको आशंकामा घटनास्थलनजिक खोजी भइरहेको प्रहरीले जनाएको छ।
474
Shares

प्रतिक्रिया