सुदूरपश्चिम


कञ्चनपुरका ६ कलेजमा स्ववियु चुनाव, ३ ठाउँमा प्यानलसहित नेविसंघ विजयी

कञ्चनपुरका ६ कलेजमा स्ववियु चुनाव, ३ ठाउँमा प्यानलसहित नेविसंघ विजयी

नेपालखबर
चैत ५, २०८१ मंगलबार २१:१०, कञ्चनपुर

कञ्चनपुरका ६ कलेजमा मतदानबाट स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयन गरिएको छ। मंगलबार जिल्लाका ६ कलेजमा स्ववियु चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रशासनले जनाएको छ।

दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस, गुलरियाको कञ्चन बहुमुखी, बेलडाँडीको रौलेश्वर आदर्श, बेलौरीको महाकाली बहुमुखी, पुनर्वासको जनता बहुमुखी र कलकत्ताको रामपुर बहुमुखी क्याम्पसमा स्ववियु चुनाव भएको हो।

सार्वजनिक ४ कलेजको अन्तिम मतपरिणामअनुसार ३ कलेजमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एक कलेजमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी प्यानलसहित विजयी भएको छ।

पुनर्वासको जनता बहुमुखीमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका विकास खड्का प्यानलसहित विजयी भएका छन्। सचिवमा एकेन्द्र सिंह ठकुरी, कोषाध्यक्षमा जानकी कुमारी उपाध्याय र सदस्यहरुमा पुजा विष्ट, सरिता ऐरी, करुणा लुहागन् निर्वाचित भएका छन्।

बेलडाँडीको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ प्यानलसहित विजयी भएको छ। नेपाल विद्यार्थी संघका मोहन जैसी ६२ मतसहित विजयी भएका हुन्। यस्तै, सचिवमा विनिता साउद, कोषाध्यक्षमा सर्मिला जोशी र सदस्यहरुमा नरेन्द्र उपाध्याय, राम बहादुर दमाई र धनु उपाध्याय निर्वाचित भएका छन्।

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा जम्मा १२१ मतदाता विद्यार्थीहरू मध्ये ९४ जनाले मतदान गरेका थिए।

दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघका सुवास नेगी प्यानलसहित विजयी भएका छन्। सचिवमा पूजा साउद, कोषाध्यक्षमा वर्षा बुढा क्षेत्री र सदस्यमा सेजल शर्मा, प्रितम जोशी र कविता पुजारा निर्वाचित भएका छन्।

बेलौरी नगरपालिका–८ कलकत्ताको रामपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी रविना राना प्यानलसहित निर्वाचित भइन्। अन्य पदाधिकारी र सदस्यमा अखिल क्रान्तिकारीकै प्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए।

१४ जना मतदाता विद्यार्थी रहेकोमा १३ मत खसेको थियो। रविना ८ मत प्राप्त गरेर विजयी भएकी हुन्।

गुलरियाको कञ्चन बहुमुखी र बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा मत गणना जारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad