सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निम्तो

सुदूरपश्चिम प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निम्तो

फाइल फोटो/सुदूरपश्चिम प्रदेश सभा बैठक


नेपालखबर
फागुन १९, २०८१ सोमबार २०:१६, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभामा विशेष सम्बोधनका लागि आग्रह गरेको छ।

प्रदेशको मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयले प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दै प्रदेश सभा बैठकमा विशेष सम्बोधनका लागि आग्रह गरेको हो।

सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम २१५ मा प्रधानमन्त्रीबाट विशेष सम्बोधन गराउन सकिने व्यवस्था गरेकोले सोहीअनुसार प्रधानमन्त्री ओलीलाई त्यसका लागि प्रदेश सरकारले अनुरोध गरेको छ।

फागुन २५ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठक सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओलीलाई सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको हो।

संघीयता कार्यान्वयनका उपलब्धी, समसामयिक विकास नीति, प्रदेश सरकार र संघीय सरकारबीच सहकार्य तथा प्रदेशको आर्थिक, भौतिक र सामाजिक विकासमा मार्गदर्शन प्राप्त हुने प्रदेश सरकारले विश्वास लिएको छ।

विशेष सम्बोधनका विषयमा सत्तारुढ नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र सिंह रावलले प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसँग कुराकानी गरेका छन्। उनले टेलिफोन सम्पर्कमा फागुन २५ गतेको प्रदेश सभा बैठकमा विशेष सम्बोधनका लागि आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad