खेल


केपी ओली कप : उपाधिमा मछिन्द्रको ह्याट्रिक

केपी ओली कप : उपाधिमा मछिन्द्रको ह्याट्रिक

नेपालखबर
फागुन १९, २०८१ सोमबार २०:१७, काठमाडौँ

मछिन्द्र फुटबल क्लबले केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ। त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा सोमबार सम्पन्न फाइनलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध २-० को जित दर्ता गर्‍यो।

मछिन्द्रलाई जित दिलाउन स्टेफन जालीले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो।  खेलको २९औं मिनेटमा आर्मीका रक्षक विमल पाण्डेबाट आत्मघाती गोल हुन पुग्दा मछिन्द्रले अग्रता लिएको थियो। सनिस श्रेष्ठको प्रहारलाई रोक्न खोज्दा विमलले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

जालीले ७३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनायो। उनले युसुफ मलिकको क्रसलाई वान टचमै पोस्टको दिशा दिए।त्यसपछि थप गोल निस्कन नसक्दा मछिन्द्र लगातार तेस्रो पटक च्याम्पियन बन्यो। 

मछिन्द्रले आयोजक केपी ओली एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए। विजेता मछिन्द्रले १५ लाख ११ हजार १११ तथा उपविजेता आर्मीले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad