सुदूरपश्चिम


कञ्चनपुरमा पिकनिक गएका २६ वर्षीय युवकको मृत्यु

कञ्चनपुरमा पिकनिक गएका २६ वर्षीय युवकको मृत्यु

नेपालखबर
पुस ९, २०८१ मंगलबार २२:२८, कञ्चनपुर

कञ्चनपुरमा मंगलबार पिकनिक खान गएका एक युवकको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१० जिमुवाका २६ वर्षीय बिक्की भनिने विक्रम विष्टको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार मंगलबार दिउँसो भीमदत्त नगरको चुरे क्षेत्र खन्या खोलामा चिप्लिएर मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ।

विष्टसँगै उनकै आफन्त ३ जना पनि पिकनिक गएका थिए। प्रहरीका अनुसार खोलाबाट माथि चुरे उक्लिँदा चिप्लिएर विष्टको मृत्यु भएको प्रारम्भिक जानकारी छ।

विष्टलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले बेलुकी ६ बजे मृत घोषणा गरेका थिए।

उनको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad