बाजुरामा आइतबार दोस्रो जिप दुर्घटना भएको छ। जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
हिमालीको धुलाचौरबाट धिम जार्दै गरेको ग २ च ६३०७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार १३ जनामध्ये ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए।
दुर्घटनामा हिमाली गाउँपालिका–६ धिमका २८ वर्षीय धीरेन्द्र रावत, २२ वर्षीय मानबहादुर बुढा, २८ वर्षीय जङ्गबहादुर रोकाया, ४० वर्षीय जनक रावत, सोही गाउँपालिका–६ का महेन्द्र रावत, ३० वर्षीय बमबहादुर रावत र ४६ वर्षीय कलबहादुर रावत रहेका प्रहरीले जनाएको छ।
घाइतेको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
आज नै सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।
बाजुरा दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ घाइते
Shares

प्रतिक्रिया