सुदूरपश्चिम


सुदूरपश्चिममा उपचुनावको तयारी पूरा, १० मतदानस्थल, २२ केन्द्र

सुदूरपश्चिममा उपचुनावको तयारी पूरा, १० मतदानस्थल, २२ केन्द्र

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १६:४०, कञ्चनपुर

सुदूरपश्चिममा उपचुनाव हुने ५ स्थानमा मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले तयारी पूरा भएको बताए।

उनका अनुसार मतदान अधिकृत सामाग्री लिएर मतदानस्थलमा खटिएका छन्। सुदूरपश्चिमको बाजुरा, बझाङ, दार्चुला, डोटी र कञ्चनपुरको एक÷एक स्थानमा उपचुनाव हुँदैछ।

रिक्त रहेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्ष, दार्चुलाको दुहँ गाउँपालिका–५ को अध्यक्ष, डोटीको पूर्वीचौकी गाउँपालिका–६ को अध्यक्ष र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्ष छान्नका लागि मंसिर १६ गते हुने मतदानको तयारी पूरा भएको हो।

सुदूरपश्चिमका ५ स्थानमा हुने उपचुनावको मतदानका लागि १० वटा मतदास्थल र २२ वटा मतदान केन्द्र राखिएका छन्।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र स्वयमसेवकसहित प्रत्येक मतदानस्थलमा ६÷७ जना कर्मचारी परिचालन गरिएका छन्।

प्रदेश निर्वाचन कार्याललयका अनुसार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि हुने मतदानका लागि ५ स्थल तोकिएका छन् भने ९ मतदान केन्द्र छन्।

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। स्वामीकार्तिक खापरमा ७ हजार ४ सय ६० मतदाता छन्।

बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षको छान्न हुने उपचुनावका लागि  एउटा मतदानस्थलमा दुई केन्द्र राखिएका छन्। यहाँ १ हजार ५ सय ५४ मतदाता छन्।

दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षको उपचुनावका लागि एउटा मतदानस्थलमा दुई केन्द्र राखिएको छ। यहाँ १ हजार २ सय ७२ मतदाता छन्।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ ममा २ मतदानस्थल, ३ केन्द्र र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा एउटा मतदानस्थलमा ६ केन्द्र राखिएका छन्। पूर्वीचौकी–६ मा १ हजार ५ सय ९३ र भीमदत्त नगरपालिका–६ मा ५ हजार ४ सय ३४ मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad