सुदूरपश्चिम


कैलालीमा बस दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा बस दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १५:२०, कञ्चनपुर

कैलालीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गोदावरीबाट धनगढीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा बझाङ दुर्गाथली गाउँपालिका– ५, भलान्याका २५ वर्षीय मोहन जप्रेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार गोदावरी नगरपालिका–४, वनदेवीस्थित सडकमा सुपप्र ०१–००१ ख ३२२८ नम्बरको बस अनियन्त्रित भएर सोमबार राति दुर्घटना भएको थियो।

दुर्घटना हुँदा बस चालक जप्रेल घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad