सुदूरपश्चिम


कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, पैदलयात्री घाइते

कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, पैदलयात्री घाइते

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १९:२८, काठमाडौँ

कञ्चनपुरको दोधारा चाँदनीमा स्कुटर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा स्कुटर चालक दोधारा चाँदनी नगरपालिका–९ का २१ वर्षीय देव नाथको मृत्यु भएको हो।

दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलमा युके ०६ बिई ९३८२  नम्बरको स्कुटर दुर्घटना हुँदा चालक नाथ गम्भीर घाइते भएका थिए। उनको भारतस्थि खटिमामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नाथले चलाएको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो। पैदलयात्री घाइते छन्। उनकोे दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad