सुदूरपश्चिम


दार्चुला दुर्घटनामा काका-भतिजाकै मृत्यु

८ मृतकमध्ये ४ जना दुई परिवारका
दार्चुला दुर्घटनामा काका-भतिजाकै मृत्यु

दार्चुलामा भएको जिप दुर्घटना


नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १३:३५, कञ्चनपुर

बैतडीको डिलाशैनी गाउँपालिका-५ नगराउँका ५० वर्षीय वीरेन्द्र बोहरा बिहीबार बेलुका दार्चुलाको मालिकार्जुन जात्रा हेर्न गए। साथमा उनका भतिजा १५ वर्षीय सुदीप बोहरा पनि थिए।

मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन मन्दिरको रात्रि जात्रामा उनीहरू रमाए। शुक्रबार बिहान घर फर्कन काका-भतिजा मन्दिरनजिकै म १ ज ३३८ नम्बरको जिपमा चढे।

तर उनीहरू घर पुग्न पाएनन्। जिप दुर्घटनामा काका भतिजले घटनास्थलमै ज्यान गुमाए।

डिलाशैनी गाउँपालिका-५ का अध्यक्ष यज्ञराज भट्टका अनुसार शव अहिले गोकुलेश्वर अस्पतालमा छ। पोस्टमार्टम पछि दाहसंस्कार गरिने उनले बताए।

एकै परिवारका दुई जनाको दुर्घटनामा ज्यान गएपछि गाउँ नै शोकमा डुबेको वडाध्यक्ष भट्टले बताए।

सोही दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँवासी वीरेन्द्र रावल दम्पतीको पनि मृत्यु भएको छ।

शुक्रबार बिहान शैल्यशिखर नगरपालिका-६ बकजेबलामा भएको जिप दुर्घटनामा उनीहरूसहित ८ जनाको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्।

घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad