समाज


दार्चुला जिप दुर्घटना: अस्ताए एउटै क्याम्पसका दुई कर्मचारी

दार्चुला जिप दुर्घटना: अस्ताए एउटै क्याम्पसका दुई कर्मचारी

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १३:१२, कञ्चनपुर

दार्चुलामा भएको जिप दुर्घटनामा एकै क्याम्पसका दुईजना कर्मचारीको निधन भएको छ। 

शुक्रबार बिहान शैल्यशिखर नगरपालिका–६ बकजेबलामा भएको जिप दुर्घटनाका मृतक ८ मध्ये दुई जना गोकुलेश्वर बहुमुखी क्याम्पसका कर्मचारी हुन। 

शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलिप विष्टको घटनास्थलमै र ४० वर्षीया मीना लेखकको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

गोकुलेश्वर बहुमुखी क्याम्पसका सूचना सञ्चार विभाग प्रमुख प्रेम जोशीका अनुसार विष्ट क्याम्पसको पुस्तकालय शाखा प्रमुख थिए। उनी ०६६÷०६७ देखि क्याम्पसको पुस्तकालय शाखामा आबद्ध थिए।

उनकी श्रीमती र दुई स–साना छोरा छन्। मृतक लेखक क्याम्पसको प्रमुख लेखापाल थिइन्। क्याम्पस स्थापनाकालदेखि नै उन लेखा शाखामा कार्यरत थिइन्। 

उनका श्रीमान् र दुई छोरा छन्। ‘क्याम्पसको शाखाका प्रमुख कर्मचारीनै गुमाउँदा निकै क्षति पुगेको छ। दुर्घटनाको दुःख् खबरले क्याम्पस परिवार शोकमा डुबेको छ,’ सूचना सञ्चार विभाग प्रमुख जोशीले भने।

जात्राबाट घर फर्किरहेका १३ जना सवार म १ ज ३३८ नम्बरको जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो। दुर्घटनामा क्याम्पसका दुई कर्मचारीसहित ८ जनाको मृत्यु भएको हो। अन्य गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कैलालीको धनगढी ल्याइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad