सुदूरपश्चिम


बैतडीमा चिर्पटले हान्दा २३ वर्षीया युवतीको मृत्यु, ३० वर्षीया जेठानी पक्राउ

बैतडीमा चिर्पटले हान्दा २३ वर्षीया युवतीको मृत्यु, ३० वर्षीया जेठानी पक्राउ

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार ११:१३, कञ्चनपुर

बैतडीमा चिर्पट प्रहारबाट महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार चिर्पट प्रहारबाट जिल्लाको डिलाशैनी गाउँपालिका-२, छेपट्टा डुङ्रीकी २३ वर्षीया सुनिता बोहराको मृत्यु भएको हो।

उनको हत्या आरोपमा प्रहरीले उनकै जेठानी ३० वर्षीया दीपा बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार सोमबार राति ८ बजे घरायसी विवादमा जेठानीले चिर्पटले हानेकी थिइन्। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad