सुदूरपश्चिम


तास खेलिरहेका २६ जना पक्राउ, सवा १ लाख नगद बरामद

तास खेलिरहेका २६ जना पक्राउ, सवा १ लाख नगद बरामद

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८१ बुधबार ८:५१, कञ्चनपुर

सुदूरपश्चिमका तीन जिल्लामा गरी तास खेलिरहेको अवस्थामा २६ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार कैलालीमा ९, कञ्चनपुरमा १२ र बझाङमा ५ जनालाई ताससहित पक्राउ गरिएको हो।

मंगलबार राति कैलालीको गोदावरी नगरपालिका-८ हरीनगरमा तास खेलिरहेका ९ जनालाई ६१ हजार २ सय ३० रुपैयाँ र दुई गड्डी तास तथा बा.प्र.०२–०४१ प १८५४ नम्बरको स्कुटीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-५ बनगाउँमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले ८२ हजार ३ सय २२ रुपैयाँ र ६ गड्डी तास बरामद गरेको छ।

मंगलबार राति नै बझाङको जयपृथ्वी नगरपालिका-९ सिमखेतमा कुखुरा फर्मभित्र तास खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूलाई ६६ हजार १ सय ३० रुपैयाँ र दुई गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad