सुदूरपश्चिम


कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

प्रतीकात्मक तस्बिर


नेपालखबर
कात्तिक १२, २०८१ सोमबार ८:२८, काठमाडौँ

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

अछामको चौरपाटी गाउँपालिका-१ घर भई हाल धनगढी बसपार्कस्थित प्रियंका होटलका सञ्चालक ३६ वर्षीय विजय साउँद ३ ग्राम ३८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ परे। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बंक बजारबाट पनि लागुऔषधसहित एक किशोरी पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोस्ट वाणीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका-२ का १७ वर्षीय किशोरलाई १२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad