सुदूरपश्चिम


सडकबाट खस्यो अटो, गर्भवती महिलासहित ४ जना घाइते

सडकबाट खस्यो अटो, गर्भवती महिलासहित ४ जना घाइते

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १५:५१, कञ्चनपुर

बैतडीमा अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा अटो दुर्घटना भएको हो।

अटोमा सवार गर्भवती महिलासहित ४ जना दुर्घटनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।

दोगडाकेदार गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशी, सोही ठाउँकी ४५ वर्षीया बसन्ती जोशी, २५ वर्षीय राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ का २० वर्षीय हिरा सार्की घाइते भएका छन्।

गर्भवती पार्वतीको अवस्था गम्भीर छ। एनको टाउको र खुट्टामा चोट छ। अन्य घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

शुक्रबार दिउँसो सु.प.प्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर सडकबाट सय मिटर तल खसेको थियो। अटो चालक दार्चुलाको शैल्यशिखर–९ का २२ वर्षीय उमेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad