ad ad

सुदूरपश्चिम


५ जना सवार ट्याक्टर सेती नदीमा खस्यो, २ व्यक्ति बेपत्ता

५ जना सवार ट्याक्टर सेती नदीमा खस्यो, २ व्यक्ति बेपत्ता

दुर्घटनास्थल


गोकुल जोशी
असोज २, २०८१ बुधबार ११:२७, कञ्चनपुर

बुधबार (आज) बिहान सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्।

बझाङको दुर्गााथली गाउँपालिका–२ झनानास्थित ट्याक्टर सेती नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढासहित २ जना बेपत्ता भएका हुन्। बेपत्ता अर्काको पहिचान खुलेको छैन।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा चालकसहित ५ जना सवार थिए। ३ जनाले हाम फालेर ज्यान जोगाएका छन्। घाइते उनीहरूको झोतामा उपचार भइरहेको छ। 

ज्यपृथ्वी राजमार्गअन्तर्गत मौरी बगरदेखि झनानातर्फ गइरहेको ट्याक्टर आज बिहान अनियन्त्रित भएर सडकबाट ५० मिटर तल सेती नदीमा खसेको हो। ट्याक्टरको नम्बर खुलेको छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .