ad ad

सुदूरपश्चिम


बजेट भाषण तोकिएको प्रदेश सभा बैठकमा प्रतिपक्षको अवरोध

बजेट भाषण तोकिएको प्रदेश सभा बैठकमा प्रतिपक्षको अवरोध

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १६:०, कञ्चनपुर

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध गरेका छन्।

प्रदेश सरकारले सोमबार बजेट वक्तत्व प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा बैठक प्रतिपक्ष दल माओवादी र एकीकृत समाजवादीले अवरुद्ध गरेका हुन्।

बजेट प्रस्तुत गर्न ३ बजे बोलाइएको प्रदेश सभा बैठक प्रतिपक्षको अवरोधले २० मिनेटका लागि स्थगित गरिएको छ।

सभामुख भीमबहादुर भण्डारीले बैठक प्रारम्भ गर्दा माओवादी र एकीकृत समाजवादीका सांसद उभिएर विरोधमा उत्रिए। नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कलबहादुर रावलले गैरसंवैधानिक तरिकाले बजेट ल्याउन लागिएको भन्दै विरोधमा उत्रिएको बताए।

‘असार १ गते प्रदेशले बजेट ल्याउने संवैधानिक व्यवस्था छ। संवैधानिक व्यवस्थालाई कुल्चेर झण्डै दुई महिनापछि अर्को बजेट ल्याउन खोजिँदैछ,’ उनले भने, ‘यो कुन संविधानको अनुसार गर्न लागिएको हो? यस्तो गैरकानूनी असंवैधानिक कदमलाई हामी स्वीकार्न सक्दैनौँ।’

असार १ गते नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले बजेट ल्याउँदा पास गर्न नदिएको उनको आरोप छ।

प्रतिपक्षी दलका सांसदले संसदमा ‘गैरसंवैधानिक प्रक्रिया बन्द गर्, दुईवटा बजेट ल्याउन पाइँदैन’ भन्ने नारा लगाएर विरोधमा उत्रिए।

सोडारी नेतृत्वको यसअघिको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको थियो। प्रदेशसभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको थियो।

त्यसपछि सुदूरपश्चिम प्रदेश बजेट शून्यतामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .