ad ad

सुदूरपश्चिम


दाउरा झिक्ने क्रममा २ किशोरलाई महाकालीको बाढीले बगायो, एउटाको शव भेटियो

दाउरा झिक्ने क्रममा २ किशोरलाई महाकालीको बाढीले बगायो, एउटाको शव भेटियो

महाकालीमा उर्लिएको बाढी


गोकुल जोशी
भदौ २९, २०८१ शनिबार १२:४२, कञ्चनपुर

दाउरा संकलन गर्न गएका दुई किशोर महाकाली नदीले बगाएको छ। 

शनिबार दिउँसो भीमदत्त नगरपालिका–१२ ऐरीस्थित उर्लि‌ंदो महाकालीले २ किशोरलाई बगाएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार भीमदत्त नगरपालिका-१२ का १८ वर्षीय सौरभ दमाईं र सोही ठाउँका १५ वर्षीय अबी दमाईं महाकालीले बगाएको हो। 

जसमध्ये सौरभको शव दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा फेला परेको छ।

अर्का किशोर अबीको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय र सुरक्षाकर्मी उनको खोजीमा जुटेका छन्।

लगातारको वर्षापछि हिजो महाकालीमा पानीको बहाव ४ लाख क्युसेकभन्दा माथि पुगेको थियो। अहिले भने पानीको बहाव घट्दो क्रममा छ।

नदीतटीय क्षेत्रका स्थानीय जोखिम मोलेर महाकालीको उर्लिंदो भेलले बगाएर ल्याएका दाउरा संकलन गर्ने गरेका छन्।

जसका कारण बर्सेनि मानवीय क्षति हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .